सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते ।
मधेशमा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
बिरामी रहेको भन्दो आज बिहानै ४ बजेतिर काठमाडौं जान लागेको नाटकीय शैलीमा प्रदेश प्रमुख भण्डारीले आज बर्दिबास नगरपालिका ३ कालापानी स्थित पानस होटलमा शपथ ग्रहण गराएकी हुन् । यादवलाई हिजो कार्तिक २३ कै मितिमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । यादवले तीन सदस्य मन्त्री मण्डल पनि विस्तार गरेका छन् ।
एमालेबाट लखन दास, नेपाल संघीय समाजवादी पार्टीबाट बिमला अंसारी र राप्रपाबातट कञ्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशकी प्रदेश प्रमुख भण्डारी एमालेकै कोटाबाट प्रदेश प्रमुख बनेकी हुन् । दलहरुले सचेत गराउँदागराउँदै पनि उनले पार्टीको लागि काम गरेकी हुन् ।
यस विषयमा एमालेभित्रैका कतिपय सांसद बेखबर छन् । दल भित्र संविधानको १६८ कोे उपधारा २ जिवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई सचेत समेत प्रमुख सचेतक हरिनारायण महतोले गराएका थिए ।
प्रमुख सचेतक महतो आफू उपधारा ३ बमोजिम भएको सरकार गठनका बारे दलभित्र छलफल नभएको र यो नहुनुपर्ने घटना भएको बताए ।
‘मैले हिजै दलका नेता यादवलाई भेटेर स्पष्टरुपमा भनेको उपधारा ३ मा जानको लागि दबाब नदिनुस्, गल्तीकाम नर्गुस् । उपधारा २ अनुसार नै अगाडि बढ्नुस्’ प्रमुख सचेतक महतोले अनलाइनखबरसँग भने ‘तर यिनीहरु ीभत्र भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर सपश लिनुभयो ।’
प्रदेशका ४।५ जना बाहेक यस घटना बारेमा दलभित्रका सांसदहरु अनभिज्ञ रहेको भनाइ छ ।
‘यो घटना बारे ४।५ जना माननीयजी बाहेक अरु कसैलाई जानकारी छैन । अब यस घटनबारे दलमा बसेर छलफल गर्छौं’ उनले भने ।
मधेशमा एमालेका सभामुख सहित २५ सांसद छन् । जसमा एकजना निलम्वित छन् ।