Samajik Feed – News Portal from Nepal

अरूलाई प्रधानमन्त्री बनाउन होइन, देशको नेतृत्व गर्न आएका  हौं : कुलमान

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्। चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका घिसिङले आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा भने, “देशको नेतृत्व गर्न हामी आएका हौं। अरु कसैलाई प्रधानमन्त्री बनाउन होइन। हामी नै यो देशमा परिवर्तन ल्याउनेछौं।” उनले […]

झापा-५ मा रास्वपाका बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। कमल गाउँपालिका-२ मा रहेको बालेन शाहको सम्पर्क कार्यालय रहेको घरको झ्यालको सिसा फुटेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सिसा फुटेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा […]

कुलमान घिसिङ आज जनकपुरधाम आउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज जनकपुरधाम आउन लागेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आउन लागेका हुन् ।बिहीबार जानकी मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम रहेको जनाएको छ । विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक […]

मधेस प्रदेशका निलम्बित सांसदको मुद्दाको पेसी न्यायाधीश पौडेल र कोइरालाको इजलासमा

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको पेसी सुनुवाइका लागि तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा उनको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका जसपा नेपालका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो […]

मधेसका एक चौथाइ उम्मेदवार मात्रै ब्याचलर पास, कुन दलका उम्मेदवार कति पढेका ?

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मधेस प्रदेशकोउम्मेदवारहरूमध्ये करिब एक चौथाइले मात्र स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेको पाइएको छ ।फागुन २१ गते हुन लागेको निर्वाचनका लागि मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तीमध्ये २६६ […]

मधेसका सुरक्षा निकाय हाइ एलर्टमा,ड्रोन र सीसी क्यामरामार्फत मतदानस्थलको निगरानी

सामाजिक फीड-जकपुरधाम, माघ १८ गते । प्रतिनिधि सभाको चुनाव नजिकिँदै जाँदा मधेश प्रदेशभर सुरक्षा संयन्त्रलाई हाइ एलर्ट्मा राखिएको छ । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउने उद्देश्यसहित प्रदेशका सबै जिल्लामा व्यापक सुरक्षा योजना लागू गरिएको हो । प्रदेशभर तीन तहको सुरक्षा व्यवस्थासँगै अतिसंवेदनशील मतदानस्थलमा आधुनिक प्रविधि प्रयोग गर्दै ड्रोन र सीसी क्यामरामार्फत […]

कपिलेस्वर महादेवलाई साक्षी राखेर निधिले सुरु गरे चुनावी अभियान

सामाजिक फीड-जकपुरधाम, माघ १६ गते । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी अभियान सुरु गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार निधि सहिद दिवसको अवसर पारेर जनकपुरधाम–१६ स्थित कपिलेश्वरबाट विधिवत चुनाव अभियान आरम्भ गरेका हुन् । चुनाव अभियान आरम्भ गर्दै उनले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन् । […]

रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको पेसी तोकियो

सामाजिक फीड-जनकपुरधाम, माघ १५ गते । कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार चौधरीको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि […]

काँग्रेस–एमाले गठबन्धनबाट मधेशमा चार राष्ट्रिय सभा सदस्य निर्वाचित

सामजिक फीड-जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा रिक्त रहेका चार राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसका दुईसहित चार जना उम्मेदवार निर्वाचित भएका छन्। महिला, अपाङ्ग तथा अल्पसंख्यक, दलित र अन्य क्लस्टरबाट सदस्य निर्वाचित भएका हुन् । महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । उनले ७ हजार […]

राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान जनकपुरधाम राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा बिहान ११ बजेसम्म १६३ जनाले मतदान गरेका छन्। रिक्त हुन लागेको चार सिटका लागि मधेस प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार बिहान ११ बजेसम्ममा मतदान गर्नेहरूमा १०८ जना […]