Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ३ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेश गरिएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो टिप्पणी तथा आदेशमार्फत लामिछानेमाथि सहकारी ठगी मुद्दा मात्रै अघि बढाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउने निर्देशन दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *