Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।

सीके राउत ले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। जनमत पार्टी का अध्यक्ष राउतले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको बताउँदै अब भने चुनाव नलड्ने बताएका हुन्।

यसपटक उनी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए तर रामजी यादव सँग पराजित भएका थिए। अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बनेको जनमत पार्टी यसपटक भने थ्रेसहोल्ड पार गर्न नसक्दा कमजोर बनेको छ।

राउतले पार्टीका साथीहरूको आग्रहमा आफू निर्वाचन लड्न बाध्य भएको बताएका छन्। २०७९ सालको निर्वाचनमा आफू उम्मेदवार नबन्ने सोच भए पनि नेताहरूले पार्टीको मनोबलका लागि लड्न आग्रह गरेको उनले स्मरण गरे।

राउतले संसदीय राजनीति नलडे पनि राजनीतिबाट अलग नहुने स्पष्ट पारेका छन्। उनले पार्टीको नेतृत्व गर्दै आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि जनमत पार्टीलाई तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *