Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।

नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभाका लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीले पाएको २० सिटमध्ये १५ सिट महिलाका लागि र ५ सिट पुरुषका लागि छुट्याइनेछ।

क्लस्टर मिलाएर ६ जनालाई आदिवासीरजनजाती, ६ जनालाई खस आर्य, र बाँकी ५ जनालाई थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएका क्षेत्रहरूबाट चयन गरिनेछ। चालिसेले भने, “बन्दसूची हामी आजै आयोगमा पेश गर्नेछौं। केही क्लस्टरमा आवश्यक परेमा आयोगले परिवर्तन गर्ने सुविधा पनि राखेको छ।”

उनले थपे, निर्वाचन आयोगले पेश गरिएको नामहरू सार्वजनिक गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *