Samajik Feed – News Portal from Nepal

मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]

प्रधानन्यायाधीश नियुक्तिमा हर्कराज राईको आपत्ति,उपसभामुखप्रति पनि असन्तुष्ट

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्। राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई […]

मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]

सरकारले संसद छलेर किन ल्याएको अध्यादेश ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख १०  गते । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद् छलेर दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदले वैशाख ८ गते गरेको सिफारिस अनुसार राष्ट्रपति […]

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री बालेन्द्रको निर्देशन

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् […]

गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै जेनजी मुभमेन्टको दबाब

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व उत्पन्न गर्ने स्पष्ट उल्लेख गरिएको छ। वक्तव्यमा मन्त्रीकै ओहदामा […]

पेट्रोलियम मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको सरकारलाई आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका लागि सुर्खेत पुगेका उनले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्। उनले कर्णालीजस्तो विकट भूगोल भएको क्षेत्रमा इन्धनको मूल्य वृद्धि झन् मार […]

प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्षमा रोहित प्रसाद ठाकुर मनोनित

सामाजिक फीड-जनकपुरधाम, वैशाख ७ गते । प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहित प्रसाद ठाकुरलाई मनोनयन गरेको छ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेचैत २५ गतेको मन्त्रिस्तरीय निर्णयले उनलाई अध्यक्ष पदमा मनोनयन गरेको हो । उनी महोत्तरीको साविक बदिया बन्चौरी गाविस–३ हाल बलवा नगरपालिका-१, महोत्तरी निवासी हुन् । अस्पताल सञ्चालन […]

भदौ २४ गते भएको विध्वंसको घटनाबारे सरकारले छानविन समिती नबनाउने, यस्तो छ कारण

सामाजिक फीड–जनकपुरधाम, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषदले आफ्नो १०० दिने कार्यसूचीमा भदौ २४ को घटना छानबिन गर्न समिति गठन गर्ने भने पनि अब त्यस्तो समिति गठन नगरिने भएको छ।मन्त्रिपरिषदको पहिलो बैठकले जारी गरेको शासकीय सुधारको १०० दिने कार्यसूचीमा भदौ २४ को घटनाको सत्यतथ्य छानबिन गर्न सात दिनभित्र उच्चस्तरीय छानबिन समिति […]

रास्वपा सांसद अमरेश सिंह विरुद्ध जलेश्वरमा आफ्नै पार्टीका नेता कार्यकर्ताले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, चैत ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापाका) नेता एवं प्रतिननिधिसभा सदस्य अमरेशकुमार सिंह विरुद्ध महोत्तरीको जलेश्वरमा प्रदर्शन भएको छ । रास्वपाकै नेता कार्यकर्ताले उनीविरुद्ध प्रदर्शन गरेका हुन् । सिंह आज जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । […]