सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव फेला

सामाजिक फीड-जनकपुरधाक, कार्तिक २१ गते । सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव दुईदिनपछि फेला परेको छ । गत कार्तिक १९ गते बिहान साढे ६ बजे सर्लाही रामनगर गाउँपालिका १ खैर्वा बस्ने मनोज यादवको छोरा १४ वर्षीय आशिक यादव कार्तिक पुर्णिमाको अवसरमा बागमती खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए । उनको शव नेपाल प्रहरी र […]
पालिका अध्यक्ष दिनानाथ निरन्तर विवादमा : मालिसपछि अब राजिनामा काण्ड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ । असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना […]
अस्पतालको भवनबाट औरही गाउँपालिकाको सेवा

रासस-सिरहा, कार्तिक २० गते । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला […]
कमला नदीमा कात्तिक पूर्णिमा मेला, लाखौं श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत भूत मेला लागेको छ । बिहानैदेखि नदी किनारमा स्नान गर्न आएका श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । यसलाई कार्तिक पूर्णिमा मेला पनि भन्ने गरिन्छ । हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, […]
सप्तरीको अग्नीसाइर गाउँपालिका अध्यक्ष चौधरीद्वारा पदबाट राजिनामा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजिनामा दिएका छन् । गत असोज ५ गते उनले पालिका उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए । पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै उनले राजनीनामा दिएका हुन् ।‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा […]
विद्यालयको रजत जयन्ती : संस्थापक स्व. महतोको सालिक अनावरण, प्रअको बिदाई

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ जनमुक्ति नगर स्थित मटुक महतो रन्की देवी आधारभूत विद्यालयको रजत जयन्ती, सालिक अनावारण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सेवा निवृत्ति भएका सो विद्यालयका संस्थापन कार्यकालदेखिका प्रधानाध्यापक राम वृक्ष महतोको विदाई समेत भएको छ। पूर्व सांसद राम लखन महतोले स्वर्गीय आफ्ना आमाबुवाको […]
महोत्तरीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अबरुद्ध

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । महोत्तरीको औरही नगरपालिका ४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बुधबार अपराहन्न मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ । स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् […]
मधेशका मुख्यमन्त्री सोनल कार्तिक २२ गते विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कार्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बैठकमा सरकारलाई […]
बारामा छठ हेर्न निस्केका युवक पोखरीमा मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । बारामा छठ हेर्न निस्केका युवक अर्को पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । बाराको महागढीमाई नगरपालिका–५ बगडमपुर बस्ने ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी मंगलबार दिउँसो पोखरीमा मृत फेला परेका हुन् । मृत फेला पर्ने पोखरीमा छठ भने हुँदैन । सोमबार साँझ छठ हेर्न भनि भोला घरबाट […]
बटेश्वरमा सम्पन्न वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज यूनाइटेडले उचाल्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । धनुषाको बटेश्वर गाउँपालिका–२ सितापुरमा सम्पन्न १३ औं बनदेवी माई अध्यक्ष गोल्डकप–२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार […]