Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २७ गते ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको छ । मधेशका काँग्रेससहितका सात दलीय गठबन्धनका ६४ सांसदको हस्ताक्षरमा सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता भएको हो ।

सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव उपसभामुख बबिता राउत इशरको तोकमा कर्मचारीले दर्ता गरेका हुन् ।
नेपालको संविधान, २०७२ र प्रदेश सभा कार्य संचालन नियमावली, २०७५ बमोजिम प्रदेश सभाको सभामुखले सभाको बैठक संचालनको क्रममा कनै दलको प्रभावविना संसदीय मुल्य मान्यता तथा नियमावली बमोजिम संचालन गर्नपर्नेमा सभामुख मण्डलले गरेको अभियोगमा दावी गरिएको छ ।

‘…सभामुख मा. रामचन्द्र मण्डल ज्यूले एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको विपक्षी दलको उपस्थिती विना पनि सभा संचालन गरेको तथा २०८२÷७÷२२ गतेको बैंकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरित प्रदेश सभामा संसदीय दलको नेतालाई रोष्टम प्रयोग गर्न नदिएको तथा अन्य प्रदेश सभा सदस्यलाई रोष्टम प्रयोग गर्न दिएको तथ्य इतिहासमा नै नभएको मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएकोले मा सभामुखले पद अन्कलको आचरण नगरेकोले यसै साथ संलग्न २०६४ जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुखले पद अनुकुल आच्चरण नगरेको प्रस्ताव प्रदेश सभामा कार्य संचालन नियमावली, २०७५ को नियम १८० को उपनियम (१) बमोजिम पेश गर्दछौं’ महाअभियोगमा दावी छ ।

यो प्रस्ताव दुई तिहाई बहुमतले पारित भएमा सभामुख मण्डल पदमुक्त हुनेछन् । हुन नसकेमा उनी आफ्नो पदमा कायमै रहने छन् । संविधानमा दुई तिहाई बहुमतले प्रस्ताव पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
मधेशमा ठूलो दलको हेसियतमा नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नियुक्त भएपछि मधेश अशान्त बनेको छ । गत कार्तिक २२ गते प्रदेशसभामा सभामुख मण्डलले तटस्थ भुमिका निर्वाह नगर्दा मुख्यमन्त्री जितेन्द्र सोनलले बाध्य भएर राजिनामा दिनु परेको र त्यसको कारणपछिल्लो घटनाक्रम निम्तिएको सातदलको जिकिर छ । सभामुख मण्डल एमालेबाट बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *