तराई मधेसमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । जनकपुरसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा व्रतालुले चैती छठको सन्ध्या अर्घ्य दिदै छन । आज साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्य घरनजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्दै छन् । नयाँनयाँ बस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बासको ढकिया टाउकोमा बोकेर […]
सिरहामा मानव बेचबिखन र यौनधन्दा सञ्चालनमा संलग्न ८ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । सिरहामा मानव बेचबिखन तथा ओसारपसारसँगै यौनधन्दा सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो । यहाँ बसोबास गर्ने दिलीप साह […]
धनुषामा नालीमा भेटियो अन्दाजी ७० वर्षीय पुरुषको शव

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा करिब ७० वर्षका एक पुरुषको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। उक्त शव बुधबार नालीमा फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। फाएजा फहमीदाफाएजा फहमीदा […]
आमाको नामबाट नागरिकता : पर्सामा ३३ जनाले पाए अधिकार

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि हालसम्म आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नखुलेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिने प्रावधान कार्यान्वयनमा आएको हो। सोही आधारमा कार्यालयले आवश्यक मापदण्ड पूरा गरेका नागरिकताविहीन व्यक्तिलाई नागरिकता वितरण सुरु […]
सर्वोच्च अदालतमा रवि लामिछानेको सहकारी ठगी र रिट मुद्दामा आज पनि सुनुवाइ

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेश गरिएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले […]
इन्धन मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीको दबाब

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि महासंघले विज्ञप्ति जारी गर्दै भाडा समायोजन आवश्यक भएको जनाएको हो। महासंघका अनुसार सार्वजनिक […]
कांग्रेसको समानुपातिक सूचीमा नेताका आफन्तको बाहुल्यता, गगनको ससुरादेखि निधिको भान्जीसम्म

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाउने सांसदहरूको सूचीमा नेताका परिवार र आफन्तलाई प्राथमिकता दिइएको छ । पार्टीले प्राप्त गरेको २० सिटमध्ये धेरैजसोमा नेतासँग नजिक सम्बन्ध भएका व्यक्तिहरू परेका छन्।तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा वर्तमान सभापति गगन थापाको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले आइतबार १५ महिला र […]
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सर्लाहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको कविलासी नगरपालिका ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले स्थानीय साइकलयात्री ६५ वर्षीय राम नरेश महतोलाई ठक्क दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय […]
इरान-अमेरिका विवाद : होर्मुज स्ट्रेट खुला राख्न ट्रम्पको अपिल, अस्ट्रेलिया र जापानले गरे अस्वीकार

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र बनाइरहेका बेला इरानले पनि इजरायल र खाडी क्षेत्रका केही राष्ट्रहरूमाथि प्रतिआक्रमण जारी राखेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता जारी रहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार नभएको बताएका छन्। उनले विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘होर्मुज स्ट्रेट पुनः […]
दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । मध्यपूर्वी तनावका बिच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको दुबईका अधिकारीहरूले बताएका छन् । दुबई मिडियाका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।अमेरिका–इजरायल र इरानबीच फेब्रुअरीको अन्तिमतिर युद्ध सुरू […]