Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।

सर्लाहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको कविलासी नगरपालिका ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले स्थानीय साइकलयात्री ६५ वर्षीय राम नरेश महतोलाई ठक्क दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *