Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।

मध्यपूर्वी तनावका बिच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको दुबईका अधिकारीहरूले बताएका छन् ।

दुबई मिडियाका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।
अमेरिका–इजरायल र इरानबीच फेब्रुअरीको अन्तिमतिर युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो ।

बीबीसीका अनुसार यहाँ सन् २०२५ मा झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।
अमेरिका–इजरायल र इरानबीच फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *