सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र बनाइरहेका बेला इरानले पनि इजरायल र खाडी क्षेत्रका केही राष्ट्रहरूमाथि प्रतिआक्रमण जारी राखेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता जारी रहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार नभएको बताएका छन्। उनले विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘होर्मुज स्ट्रेट पुनः खुला गराउन सहयोगी राष्ट्रहरूसँग सहयोग मागेका छन्।
तर अस्ट्रेलिया ले उक्त जलमार्गमा युद्धपोत नपठाउने स्पष्ट पारेको छ। अष्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले आफ्ना नागरिकको सुरक्षाका लागि यूएईमा सहयोग गरिए पनि होर्मुज स्ट्रेटमा जहाज नपठाइने बताइन्।
उता जापान ले पनि तेल ट्याङ्करलाई एस्कर्ट गर्न नौसैनिक जहाज पठाउने योजना नरहेको जनाएको छ। जापानी प्रधानमन्त्री सानै तकैची ले कानुनी दायराभित्र रहेर विकल्पहरू अध्ययन भइरहेको बताएकी छन्। इरानले भने उक्त जलमार्गमा प्रभावकारी नाकाबन्दी लगाएको दाबी गरिएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।