Samajik Feed – News Portal from Nepal

जनकपुरधामको अधिकतम तापक्रम आज ३४ डिग्रीसम्म पुग्ने

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । जनकपुरधामको अधिकतम तापक्रम आज ३४ डिग्री सेल्सियससम्म पुग्ने मौसम विभागले जनाएको छ । मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागका अनुसार डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने छ । […]

स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँसहित एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । सिरहामा स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–१ बनिनिया निवासी ३० वर्षीय राशिन्द्र मण्डल हुन् । सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार आइतबार राति करिब ११ बजे सिरहा नगरपालिका–२०, लकडिगदियानीस्थित प्रहरी चौकीबाट खटिएको गस्ती […]

टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल कतारसँग खेल्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज कतारसँग खेल्न लागेको छ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर सिक्स अन्तर्गतको दोस्रो खेल कतारसँग खेल्दै छ।ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ।नेपालले पहिलो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)लाई […]

मुस्लिम समुदायको पनि सरकारमा सहभागिता सुनिश्चित गर्न माग

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । सरकारमा मुस्लिम समुदायको समावेशी सहभागिता सुनिश्चित गर्न जेनजी मुस्लिम नेपालले माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाले सुशीला कार्कीको नेतृत्वको सरकारमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व हुनुपर्ने जनाएको छ।मुस्लिम समुदायले जेन–जी आन्दोलनका विविध चरणमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएकाले सरकारमा मुस्लिमको प्रतिनिधित्व अपपरिहार्य रहेको उनीहरुको ठहर छ […]

श्रम शोषण विरुद्ध स्वास्थ्यकर्मी, आठ बुँदे माग पूरा नभए आन्दोलनमा जाने चेतावनी

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेशका निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूले श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।धनुषाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत […]

मधेस प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । रौतहटमा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ । गुजरा नगरपालिका–२, कटानी टोलबाट छुट्टा छुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको हो । शनिबार राति करिब साढे ९ बजेको समयमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले काठमाडौँका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो। […]

सोमवारदेखि जसपा नेपाल मधेसको अधिवेशन हुने, यी तीनजना अध्यक्षका दावेदार

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अगामी सोमबारदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय पहिलो अधिवेशन जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनमार्फत ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ। आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेश कमिटीका अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय […]

टी-२० छनोट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग खेल्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज यूएईसँग खेल्दै छ ।ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुन लागेकोमा नेपालले पहिलो खेलमा यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु […]

अफगानिस्तान र पाकिस्तान सीमा तनाव: तालिबानद्वारा तीन पोस्ट कब्जा, गोलाबारी जारी

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ ।यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो।अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको पाकिस्तानी सुरक्षा अधिकारीहरूले बताएका छन्। सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको […]

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान शुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । सरकारले हैजा प्रभावित पर्सा र बारामा खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिइनेछ। एक वर्षभन्दा माथिका सबैलाई खोप दिइनेछ। खोप शाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा सजिलै उपलब्ध नभएको […]