सामाजिक फीड-
जनकपुरधाम, असोज २६ गते ।
टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज यूएईसँग खेल्दै छ ।
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुन लागेकोमा नेपालले पहिलो खेलमा यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो । यस्तै, यूएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो ।
नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएकोमा दुवैले ५-५ खेल जितेका छन् ।
त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।