Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २७ गते ।

सिरहामा स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–१ बनिनिया निवासी ३० वर्षीय राशिन्द्र मण्डल हुन् ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार आइतबार राति करिब ११ बजे सिरहा नगरपालिका–२०, लकडिगदियानीस्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा रकम बरामद गरिएको हो ।

म.प्र.०२–०१–००३ प.२१०२ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट ८ लाख २५ हजार नेपाली रुपैयाँ फेला परेको प्रवक्ता पालले जानकारी दिए ।
उनका अनुसार मण्डलले बोकेको कालो झोलामा उक्त रकमसहित कपाली तमसुक २ थान, आरूष रेमिटेन्सको स्टाम्प १ थान, विभिन्न बैंकका एटिएम कार्ड ५ थान र चेकबुक ५ थान बरामद भएका छन् ।

स्रोत नखुलेको उक्त रकमबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *