सामाजिक फीड-
जनकपुरधाम, असोज २७ गते ।
टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज कतारसँग खेल्न लागेको छ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर सिक्स अन्तर्गतको दोस्रो खेल कतारसँग खेल्दै छ।
ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ।
नेपालले पहिलो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष-६ मा छनोट हुँदा २ अंक बटुलेको नेपाल युएईसँगको जितसँगै ४ अंक भएको छ।
युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ।
शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।
नेपाल तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोली आगामी वर्षको फेब्रुअरी(मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।