छात्रालाई यौन सम्बन्धका लागि दबाब दिएको आरोपमा मधेस विश्वविद्यालयका एक कर्मचारी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । छात्रामाथि यौन सम्बन्धका लागि दबाब दिएको आरोपमा मधेस विश्वविद्यालयका एक कर्मचारी पक्राउ परेका छन् । प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए । उजुरीमा उल्लेख भए अनुसार उनले प्रस्ताव स्वीकार गरेमा […]
रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लवकुमार सिंहलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान […]
मधेस केन्द्रीत दलका नेतासँग छलफल सुरु गरे रास्वपाका सभापति लामिछाने
सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश केन्द्रित दलका नेताहरूसँग संवाद् थालेका छन् । मंगलबार बिहान उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । रास्वपा सभापति लामिछानेलाई भेट्न ठाकुर उनकै निवास बूढानीलकण्ठ […]
ट्रम्पको नजर इरानको युरेनियममा: बल प्रयोगको चेतावनी, युद्धको जोखिम बढ्दो

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनमै सैन्य कारबाही गर्ने सम्भावना बढेको संकेत दिएका छन्।द वाल स्ट्रिट जर्नल रिपोर्टको अनुसार ट्रम्पको लक्ष्य इरानसँग रहेको समृद्ध युरेनियम भण्डार नियन्त्रणमा लिनु हो। हाल इरानसँग करिब ४०० किलोग्राम समृद्ध युरेनियम रहेको अनुमान छ, जसलाई आणविक हतियार निर्माणमा प्रयोग गर्न सकिन्छ। ट्रम्पले आफ्ना निकट सहयोगीहरूलाई इरानले […]
एक्सनमा गृहमन्त्री सुधन गुरुङ, धमाधम समाउदै हाई प्रोफाइल अपराधी

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । नव नियुक्त गृहमन्त्री सुधन गुरुङले जिम्मेवारी सम्हालेसँगै सुरक्षा निकायलाई सक्रिय बनाउँदै विभिन्न घटनामा संलग्न ठानिएका हाइ प्रोफाइल व्यक्तिमाथि तिब्र गतिमा कारबाही अभियान चलाएकान छन्। आज बिहानै काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। रिजालमाथि गत भदौ २३ र २४ […]
मुग्लिन-नागढुंगा सडकखण्डमा आज देखि तीन रात सवारी बन्द हुने

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। सडक स्तरोन्नति कार्यलाई तीव्र बनाउन चैत १७ गतेदेखि लगातार तीन दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय, चितवन ले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ। चितवनका सहायक प्रमुख […]
सुधन गुरुङको निरीक्षण : प्रहरीको रासन सुधार र प्रविधिमा नयाँ कदम

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन्। उनी त्यहाँ प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग र अन्य विभिन्न निकायको अवलोकनमा पुगेका थिए। निरीक्षणपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशनसमेत सम्बोधन गर्दै महत्वपूर्ण संदेश दिएका छन्। त्यस क्रममा मन्त्री गुरुङले प्रहरीको सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्न आवश्यक भएको […]
सरकारले ब्रिज कोर्स बन्दको सूचना वेबसाइटबाट किन हटायो ?

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सम्बन्धमा आफ्नो वेबसाइटमा राखिएको सूचना हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्सका कक्षाहरू रोक्ने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय आगामी वैशाख १ गतेदेखि लागू गर्ने तयारीसमेत गरिएको थियो। तर […]
धनुषामा सरकारी खर्चमा जनप्रतिनिधिले श्रीमती र आफन्तलाई भ्रमणमा लगेको भन्दै वडा कार्यालयमा तालाबन्दी

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । बजेटको दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीले श्रीमती र आफन्तलाई भ्रमणमा लगेको भन्दै धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीले सरकारी खर्चमा धार्मिक तथा पर्यटकीय भ्रमणमा आफ्ना श्रीमती र आफन्तलाई लगेको आरोप लगाउँदै आज स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन । जनप्रतिनिधि र कर्मचारीको […]
धनुषामा ९ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ५३ वर्षीय ओपेन्द्र पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । धनुषामा ९ वर्षीया बालिकालाई ५३ वर्षीय पुरुषले बलात्कार गरेको भन्दै उजुरी परेको छ । बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार भएको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानीय ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा शनिबार […]