Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेठ १ गते ।

भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएपछि यसको असर नेपाली बजारमा पनि देखिन थालेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले आगामी सेप्टेम्बर ३० सम्मका लागि कच्चा, सेतो तथा प्रशोधित चिनी निर्यात रोक्ने निर्णय गरेको हो। देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रण गर्न यस्तो कदम चालिएको जनाइएको छ।

भारत विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो। भारतबाट ठूलो परिमाणमा चिनी आयात गर्दै आएको नेपाल मा भने यो निर्णयले प्रत्यक्ष असर पार्ने देखिएको छ। स्वदेशी उत्पादनले आधा माग मात्रै धान्ने भएकाले नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ। अहिले बजारमा चिनीको मूल्य प्रतिकिलो ९० देखि १०५ रुपैयाँसम्म पुगेको छ। प्रतिबन्ध लम्बिए मूल्य अझै बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *