मधेस प्रदेश : लागूऔषध गाँजासहित एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका ६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनएको हो । गाँजा ल्याइँदै गरेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटेको प्रहरी टोलीले […]
नेपाल-भारत सीमा भएर आउजाउ गर्नेको विवरण राख्न भारतको प्रस्ताव

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । भारतले नेपाल-भारत सीमानाकाबाट आउजाउ गर्नेहरूको विवरण राख्न नेपाल पक्षलाई प्रस्ताव गरेको छ । भारतको नयाँ दिल्ली स्थित आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले यस्तो प्रस्ताव राखेका हुन् । उनले प्रस्ताव राखेपनि सीमानाका भएर आउजाउ गर्नेहरूको अभिलेख राख्ने निर्णय अहिले भएको छैन । सशस्त्र […]
मधेश मुख्यमन्त्री नियुक्ति विवाद: रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो। आइतबार अन्तरिम आदेशसम्बन्धी छलफल केन्द्रित रहनेछ। हालैका दिनमा राजनीतिक रूपमा अस्थिर देखिएको मधेश सरकारले सबैभन्दा ठूलो दल नेकपा एमालेका […]
मधेशमा सातदलीय गठबन्धनका सांसदहरु आज पनि धर्नामा

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसद आज पनि धर्ना बसेका छन् । मधेश भवन अगाडि बाटो छेकेर नेपाली काँग्रेससहित सात दलका सांसदहरु धर्नामा बसेका हुन् ।शनिबार उनीहरु सभामुख रामन्चद्र मण्डलको कारबाहीको माग गर्दै प्रदेशसभाको चौरमा खुल्ला प्रदेशसभा बैठक बसेका थिए । गत कार्तिक २४ गते प्रदेश प्रमुख […]
सभामुखले पदमुक्त गरेका सांसदले मागे विगत एक वर्षका हाजिरीका नक्कल

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । मधेशमा सभामुखले पदमुक्त गरेका सांसदले संसदमा उपस्थित भएको हाजिरी लगायतको कागजातमाग गरेका छन् । जसपा नेपालका प्रदेश सांसद सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद उर्मिला सिंहले संसदमा हाजरी भएको विगत एक वर्ष यताको हाजिरीको नक्कलसहितको कागजात मागेका हुन् । प्रदेश सभा सचिवालयका सचिवलाई सम्बोधन गरेर मागिएको सूचनामा […]
राप्रपाद्वारा मन्त्री कञ्चन विच्छा साहलाई सांसदसहित पार्टीबाट हटाउने सिफारिस

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेश सरकारकी मन्त्री कञ्चन विच्छा साहलाई कड़ा कारबाही सिफारिस गरेको छ। समितिले उनलाई सांसद र पार्टीको साधारण सदस्यता दुवैबाट हटाउन पार्टी नेतृत्व समक्ष प्रस्ताव पेश गरेको हो। पार्टीलाई जानकारी नदिई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री बनेको र अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता […]
महोत्तरीमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । भारतको बिहारको जिल्ला वैशाली पतेपुर वडा नं.५ बस्ने २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टिकाराज बरालले बिहीबार […]
नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले गरे पदभार ग्रहण
सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्न पुगेका लाभलाई रातोकार्पेटमा स्वागत गरिएको छ । गत सोमबार प्रध्यापक डा। लाभलाई संघीय सकरारको सिफारिसमा राष्ट्रपति रामचन्द्र […]
धनुषामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार, मंसिरभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जेनजी आन्दोलनपछि प्रभावित भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गरेको छ । कार्यालयले मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने जनाएको हो । बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा […]
लागुऔषधसहित ४ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । सिराहा जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।सिराहा नगरपालिका-१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रोकी चेकजाँचका क्रममा, बाटो छेउमा रोकी राखिएको स ११ […]