Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २७ गते ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।


सभापति शेरबहादुर देउवा लगायत अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन भोलिसम्म चल्नेछ।

विभिन्न क्षेत्रबाट निस्केको र्‍याली भृकुटीमण्डप पुगेपछि आज दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ।
विशेष महाधिवेशन पक्षधरले पार्टीका सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेपनि उनी सहभागी हुने अवस्था क्षीण बन्दै गएको छ।

विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरू काठमाडौं पुगिसकेका छन्।

विशेष महाधिवेशन आयोजक समितिले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिएको दाबी गरेको छ।
शनिबार भृकृटीमण्डपमा भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको हो।

असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४।५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन पक्षमा अहिले पनि हस्ताक्षर गर्ने र खुल्ने क्रम जारी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *