सामाजिक फीड-
जनकपुरधाम, पुस २९ गते ।
सर्लाहीमा प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बागमती नगरपालिका १२ कर्मैयास्थित एक होटलमा पुगेर वितण्डा मच्चाएका आरोपमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएका हुन् ।
गत शनिबार दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको न्यु कालिका होटल एण्ड गेस्ट हाउसमा पुगेका गिरीले खाजा नास्ता र मदिरा सेवन गरेपछि विवाद सुरु गरेका थिए।
गिरीले आफू प्रहरीको उच्च ओहोदाका व्यक्तिहरूसँग निकट रहेको भन्दै धाकधम्की दिएका थिए। गिरीले होटलमा रहेका व्यक्तिहरूलाई डर त्रास देखाउनुका साथै हातपातको प्रयास समेत गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राइले जानकारी दिए ।
पक्राउ परेका गिरीविरुद्ध जाहेरी परेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसूरमा १० दिनको म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएका छन् ।