सामाजिक फीड-
जनकपुरधाम, पुस २८ गते ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।
जनवरी ३ मा अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका लगेको थियो ।
मादुरो विरुद्ध अमेरिकामा अहिले हतियार र लागुऔषध तस्करीको आरोपमा मुद्दा चलाइँदै छ। भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई अहिले कार्यवाहक राष्ट्रपति बनाइएको छ।