सामाजिक फीड-
जनकपुरधाम, पुस २८ गते ।
नेपाली कांग्रेसका एक समुहले विशेष महाधिवेशन गरिरहेका समय पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
उनले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सभापति देउवा यसअघि आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।
देउवाको अस्वीकारबीच विशेष महाधिवेशनको बन्द सत्र जारी छ । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि सभापति देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।