Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकोमा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो ।

यस्तै, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थललाई सामान्य वर्गमा राखिएको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ ।
महोत्तरीको करिब १४ किलोमिटर भूभाग भारतसँग जोडिएको र सात स्थानीय तहसँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।

आउँदो निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी रञ्जिता झाले बताइन्।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताइन् ।
महोत्तरीमा कूल चार लाख ३१ हजार २८२ जना मतदाता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *