सामाजिक फीड-
जनकपुरधाम, पुस २७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।
आइतबार यी दुई मधेशवादी दलबीच १२ बुँदे सम्झौता भएको हो ।
सम्झौता अनुसार दुई दलबीचको एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अध्यक्षमा चयन भएका छन् ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख गरिएकोछ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी ९जसपा० नेपाल रहने सहमति पत्रमा उल्लेख छ । चुनाव चिन्ह छाता राख्ने सहमति भएको छ।