Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।

आगामी फागुन २१ मा हुनेप्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा ४ हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति धनुषाले जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।

सहायक प्रमुख जिल्लाद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी-सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।

चार निर्वाचनक्षेत्र रहेको धनुषामा ५ लाख १४ हजार ५७१ जना मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *