Samajik Feed – News Portal from Nepal

भदौ २४ गते भएको विध्वंसको घटनाबारे सरकारले छानविन समिती नबनाउने, यस्तो छ कारण

सामाजिक फीड–जनकपुरधाम, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषदले आफ्नो १०० दिने कार्यसूचीमा भदौ २४ को घटना छानबिन गर्न समिति गठन गर्ने भने पनि अब त्यस्तो समिति गठन नगरिने भएको छ।मन्त्रिपरिषदको पहिलो बैठकले जारी गरेको शासकीय सुधारको १०० दिने कार्यसूचीमा भदौ २४ को घटनाको सत्यतथ्य छानबिन गर्न सात दिनभित्र उच्चस्तरीय छानबिन समिति […]

रास्वपा सांसद अमरेश सिंह विरुद्ध जलेश्वरमा आफ्नै पार्टीका नेता कार्यकर्ताले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, चैत ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापाका) नेता एवं प्रतिननिधिसभा सदस्य अमरेशकुमार सिंह विरुद्ध महोत्तरीको जलेश्वरमा प्रदर्शन भएको छ । रास्वपाकै नेता कार्यकर्ताले उनीविरुद्ध प्रदर्शन गरेका हुन् । सिंह आज जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । […]

महिलाको डेरामा पुगेपछि उनकी श्रीमान सहितका व्यक्तिहरुले मिलेर वीरगञ्जमा प्रहरी जवानको यसरी गरे हत्या

सामाजिक फीड–जनकपुरधाम, चैत ३० गते । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक महिलाको डेरामा पुगेका प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । पर्साको कालिका माई गाउँपालिका–१ मुरली निवासी २८ वर्षीय विकास चौरसियाको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतका अनुसार महिलाको डेरामा पुगेको अवस्थामा उनको […]

चीनलाई ट्रम्पको चेतावनी : इरानलाई सैन्य सहयोग गरे ५० %भन्सार शुल्क लगाउँछु

सामाजिक फीड–जनकपुरधाम, चैत ३० गते । अमेरिकी राष्ट्रपतिडोलाल्ड ट्रम्पले चीनलाई इरानलाई कुनै पनि प्रकारको सैन्य सहायता नदिन चेतावनी दिएका छन्। उनले आइतबारको एक अन्तर्वार्तामा चीनले इरानलाई सैन्य सहयोग गरेको पाइएमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् ।ट्रम्पले बेलायतसहित केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउन नौसैनिक जहाजहरू पठाउने तयारी गरिरहेको पनि जानकारी दिए। […]

नाप नक्सा अनुसार बाटो निर्माणको माग गर्दै लक्ष्मनिया गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

सामाजिक फीड–जनकपुरधाम, चैत २७ गते । धनुषाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर ४ सपहीचोकदेखि कलिया ठाकुरको फुलबारी हुँदै रम्दैयासम्मको बाटो नक्सा अनुसार निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । निर्माण भइरहेको बाटो हाल नाप नक्सानुसार नभैरहेको भन्दै स्थानीयले गाउँपालिका अध्यक्षलाई गाउँलेहरु संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नाप नक्सा अनुसार सडक निर्माण गराउनुपर्ने स्थानीय सरकारको […]

कार्यालय सहयोगीलाई कुटेको घटनामा पक्राउ पुर्जी जारी भएपछि सिरहा नगरपालिकाका मेयर नवीन यादव फरार, प्रहरीले खोजी गर्दै

सामाजिक फीड–जनकपुरधाम, चैत २७ गते । कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादव फरार भएका छन् । सोमवार विहान हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई मेयार यादवले गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार कुटपिटबाट उनको हड्डी भाँच्चिएको छ भने […]

श्रममन्त्री दिपक साहलाई कारबाही गर्दै प्रधामन्त्रीले पदबाट हटाए, यस्तो छ मन्त्रीबाट हटाउनुको कारण

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई […]

महोत्तरीबाट निर्वाचित भएका श्रममन्त्री दिपक साहलाई पदबाट हटाउने तयारी,यस्तो छ कारण

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले पदबाट हटाउने तयारी गरेका छन्। श्रमन्त्री साह विवादमा मुछिएको र काम गर्ने शैली समेत चित्तबुझ्दो नभएको भन्दै उनलाई हटाउने तयारी भएको हो । उनलाई हटाएर प्रधानमन्त्री शाहले नयाँ मन्त्री बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ । फागुन २१ […]

सर्लाहीको हरिवनमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आयो

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो […]

मधेश प्रदेशः ब्राउन सुगरसहित तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी […]