मधेस प्रदेश सभा बैठक आज बस्दै

सामाजिक फीड-जनकपुरधाम, पुष २ गते । मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हाल रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा सचिवालयले बैठक आह्वान गरेको हो । प्रदेश सभा बैठकअघि आज बिहान ११ बजे उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ ।प्रदेश सभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अनुमोदन […]
मधेश सरकारका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनको सहमति

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । मधेशको सातदलीय गठबन्धनले मधेस सरकारको सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको सातदलीय गठबन्धनको बैठकले योजनाहरूमा विगतका जस्तो हुने व्यतिथि निरुत्साहित गर्न मधेश सरकारका योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए ।सो बैठकमा सरकार विस्तार र मुख्यमन्त्रीले आगामी पुष ४ गते विश्वासको […]
सर्लाहीमा काटेर मिललाई बेच्नै लागेको बेला करिब ५० विघाको उखु जलेर खरानी, किसानको रुवाबासी

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । सर्लाहीमा किसानले काटेर चिनी मिललाई बेच्नै लागेकोबेला ठूलो क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ। गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट ठूलो क्षेत्रफलमा लगाइएको उखु जलेपछि किसानको बिचल्ली भएको छ । सोमबार दिउँसो विद्युतको तार सर्ट भएर परालको टालबाट सल्किएको आगो उखु खेतमा पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ । परालको […]
भारतको मथुरामा सडक दुर्घटनामा जलेर ४ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । भारतको उत्तरप्रदेशको मथुरामा मंगलबार बिहान भएको सडक दुर्घटनामा जलेर कम्तीमा ४ जनाको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेको समयमा ७ बस, ३ कार एकआपसमा ठोक्किँदा बसमा आगो लागेको थियो। भारतीय सञ्चारमाध्यामले बसमा आगो लाग्दा ४ जनाको जलेर मृत्यु भएको जनाएका छन्। दुर्घटनामा परेकाहरुलाई २० वटा एम्बुलेन्सले १ […]
मधेस प्रदेश सभाको बैठक आह्वान

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । मधेस प्रदेश सभामा सभामुख चयनको प्रक्रिया अघि बढाउन प्रदेश सभा बैठक आह्वान भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बुधबार दिउँसो दिनको १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको जनाएको हो । प्रदेश सभाको उक्त बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिनेछ । त्यसपछि सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित […]
प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट कांग्रेस सभापति देउवाको नाम सिफारिस

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट सिफारिस भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम सिफारिस गरिएको हो । क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य […]
लोसपाका अध्यक्ष ठाकुरको नाम सर्लाहीबाट समानुपातिकमा सिफारिस

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ । लोसपाको शनिबार बसेको जिल्ला समितिको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मिथलेश यादवले बताए । सर्लाहीबाट दुई पटक […]
सिरहामा भारतबाट ल्याएको प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

सामाजिक फीड-जनकपुरधाम, मंसिर २६ गते । सिरहामा प्रहरीले प्रतिबन्धित मुङ्ग्री जातका माछा नष्ट गरेको छ । भारतबाट अवैध रूपमा ल्याइएका करिब १०० केजी माछा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएका छन् । विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो। प्रतिबन्धित माछासहित एक मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी […]
धनुषामा खोलामा अवैध उत्खनन गरिरहेका उपकरण स्थानीयले लगाए प्रहरीको जिम्मा

सामाजिक फीड-जनकपुरधाम, मंसिर २६ गते । धनुषाको औरही खोलामा अवैध उत्खनन गरिरहेको उपकरणलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । स्थानीयहरुले बटेश्वर गाउँपालिका ५ शान्तिपुर र लक्ष्मीनिया गाउँपालिका ३ को बीच भएर बग्ने औरही खोलामा अवैध उत्खनन गरिरहेको दुईवटा टिपर, स्काइभेटर र जेसिवी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई बुझाएका हुन् । शान्तिपुरका […]
रौतहटको चन्द्रपुरमा ट्रक-कार ठोक्किँदा वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २६ गते । रौतहटमा ट्रक र कार ठोक्किएर एकजना वृद्धाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व(पश्चिम राजमार्गमा आज बिहान बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ८०-९० वर्ष उमेरका एक वृद्धको […]