सामाजिक फीड-
जनकपुरधाम, फागुन १४ गते ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को सबै मतदानस्थल अतिसंवेदशील रहेको छ ।
जिल्लाको सुरक्षा समितिले जिल्लाका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलमा वर्गिकरण गरेको छ ।
प्रधानमन्त्रीका भावी उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंह उम्मेदवार रहेको सर्लाही ४ मा रहेको ८१ वटै मतदानस्थल लाई अति संवेदनशीलमा राखिएको छ ।
भारतसँगको ६४ किलोमिटर लामो खुला सीमानाका, विगतमा मतदानको दिन, मतगणनाका बेला कुनै न कुनै तनाव उत्पन्न हुने गरेकै कारण यस क्षेत्रका मतदान स्थललाई अति संवेदनशीलमा वर्गिकरण गरिएको छ ।