Samajik Feed – News Portal from Nepal

जेन–जी आन्दोलनले सर्लाहीमा ६३ करोड ५५ लाखको क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । जेन–जी आन्दोलनका कारण सर्लाहीमा करिब ६३ करोड ५५ लाख बराबरको भौतिक तथा आर्थिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रारम्भिक तथ्यांक अनुसार आन्दोलनकै क्रममा तोडफोड, आगजनी र लुटपाटबाट सरकारी संरचनामा ठूलो क्षति पुगेको हो। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलका अनुसार जिल्लाभर रहेका ७८ वटा सरकारी […]

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा अझै बन्द

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको तोडफोडका कारण बन्द रहेको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः पुनः सञ्चालनमा आउन थालेको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा फेरि सुरु गरेको हो। कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेका उपकरणमध्ये क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सुरु गर्न सम्भव […]

अब आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता लिन पाइने

समाजिक फीडजनकपुरधाम, असोज ६ गते । अब आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता लिन सहज हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकता ऐन, २०६३’ संशोधन विधेयक प्रमाणीकरण गरेसँगै आमाको नामबाट बंशजको नागरिकता लिन सहज भएको हो । यसअघि भने बाबुको नाममार्फत मात्र वंशजको नागरिकता दिइँदै आएको थियो ।संशोधित ऐनअनुसार, बाबुको पहिचान हुन नसकेको […]

पर्साबाट १९ किलो चरेस बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । पर्सा जिल्लाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। पोखरिया नगरपालिका–७, जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा लुकाइ राखिएको अवस्थामा चरेस फेला परेको हो। सशस्त्र प्रहरी बल विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले कालो झोलामा राखेर लुकाइएको अवस्थामा १९ किलो १२६ ग्राम चरेस […]

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरू दिउँसो २ बजे शपथ लिने, संगीता मिश्राको ‘होल्ड’

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। शपथ लिनेमध्ये राष्ट्रिय आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार रहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई विज्ञान तथा प्रविधि मन्त्री, सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति […]

चार दिनपछि नारायणगढ–मुग्लिन सडक खुला, सवारी एकतर्फी सञ्चालन

समाजिक फीड जनकपुरधाम, असोज ५ गते । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पूर्णरूपमा हटाइएको छ, जससँगै सडक पुनः सञ्चालनमा आएको छ। गत शुक्रबार खसेको ठूलो पहिरोका कारण यो खण्डको सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। आज बिहान ४ बजेदेखि नारायणगढ र मुग्लिन दुबैतर्फबाट डोजर तथा अन्य मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको […]

पहिरो खस्दा काठमाडौं आवत जावत गरिरहेका साढे ११ हजार गाडी फँसे, जनकपुर सहित देशभरका यात्रु बिचल्लीमा

समाजिक फीड जनकपुरधाम, असोज ५ गते । नरायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएपछि काठमाडौं आवतजावत गरिरहेका जनकपुर सहित देशभरका विभिन्न ठाउँका यात्रा बिच बाटोमै बिचल्लीमा परेका छन । मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक शुक्रबार साँझदेखि नै ठप्प छ । प्रहरीका अनुसार पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै […]

चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठक, पार्टी एकतामा जोड

समाजिक फीड जनकपुरधाम, असोज ५ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा कांग्रेसका पाँच जना पूर्वपदाधिकारीहरूको बैठक बसेको छ। बैठकमा सिंहका साथै विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका थिए। सात जना पूर्वपदाधिकारीहरू सम्मिलित समूहको यो बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित रहे। समसामयिक राजनीतिक विषयमा छलफल […]

रौतहटमा काउली बोकेको पिकअपबाट गाँजा बरामद

समाजिक फीडजनकपुरधाम, असोज ५ गते । रौतहट प्रहरीले काउली बोकेको पिकअप भ्यानमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजा बरामद गरेको छ।प्रहरीको गस्ती टोलीले भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरेको हो । प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको […]

धनुषामा ८३५ किलो गाँजा बरामद

सामाजिक फीडजनकपुरधाम, असोज ३ गते । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लुकाइ राखिएको लागूऔषध गाँजा बरामद गरेको छ। विदेह नगरपालिका–३ स्थित गोबराहीको बाँसघारीमा लुकाइएको ८३५ किलोग्राम गाँजा फेला परेको हो। सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमान्डमा खटिएको […]