Samajik Feed – News Portal from Nepal

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरु आज सपथ लिँदै

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका मन्त्रीहरुले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने र त्यसका लागी राष्ट्रपति कार्यालय शितल निवास परिसरमा टेन्ट लगाउने काम भइरहेको छ । गत शुक्रबार […]

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने जनाएको छ। विभागले आइतबार जारी गरेको सूचनामा सूचना प्रविधिसम्बन्धी सबै प्रणालीहरू पनि हाललाई बन्द गरिएको उल्लेख गरिएको छ। विभागका अनुसार, हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी […]

जनकपुरधाम उपमहानगरपालिका सञ्चालनमा आउन कम्तीमा एक महिना लाग्ने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनको क्रममा जलेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । आन्दोलनका क्रममा गत मंगलबार उपमहानगरको पाँच तले भवनमा प्रदर्शनकारीले आगजनी गर्दा जलेर पूर्ण रूपमा भवन क्षतिग्रस्त भएको हो । आगजनीपछि उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरका प्रवक्ता परमेश […]

देशभरका विद्यालय खुले, भोलिदेखि पढाइ हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। सामुदायिक तथा निजी दुवै प्रकारका विद्यालयहरू खोलिएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, ‘आज शिक्षक तथा कर्मचारीहरूले विद्यालय सरसफाइ गरेका छन्, भोलिदेखि नियमित पठनपाठन सुरु हुन्छ।’ काठमाडौं महानगरपालिकाले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भने […]

रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टी खोल्ने घोषणा

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गरेको जानकारी दिएका छन्। उनले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका हुन्। टीकापुर घटनापछि भूमिगत रहेका चौधरीले जेलमै रहेका बेला भारी […]

जलिरहेको भाटभटेनीमा भेटियो चार जनाको शव

समाजिक फीडजनकपुरधाम, भदौ २७ गते । धरानस्थित भाटभटेनी सुपरमार्केटको शाखामा जेन–जेड आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगोमा चारजनाको शव फेला परेको छ। मंगलबार सुरु भएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। उनका अनुसार, जलेको अवस्थामा भेटिएका […]

जेन-जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो। तीमध्ये ३ जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना सर्वसाधारण, र ९ जना कैदीबन्दी रहेका छन्। घाइतेहरूको संख्या ४ सयभन्दा बढी रहेको प्रहरीको […]

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाका सेवा नियमित, राहदानी–परिचयपत्र सेवा अझै बन्द

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। […]

अन्तरिम सरकार गठनबारे शीतलनिवासमा दिउँसो छलफल हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा शुक्रबार दिउँसो बैठक बस्ने भएको छ। सबै प्रावधान र प्रक्रियागत विषय टुंगिएमा शुक्रबार बेलुकासम्मै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ।शुक्रबार बिहान ९ बजे सुरु हुने भनिएको छलफल दिउँसोका लागि सारिएको हो। बैठकले अझै बाँकी […]

जनकपुरधाममा कर्फ्यु आदेश जारी

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । जेन–जीको प्रदर्शन उग्र बन्दा धनुषाको जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९क० अनुसार जारी आदेशअनुसार कर्फ्यु क्षेत्र मधेस भवनको उत्तरतर्फ मुसहरी टोल चोक ९ वडा नं. […]