Samajik Feed – News Portal from Nepal

समाजिक फीड
काठमाडौं, भदौ २४ गते ।

जेन–जीको प्रदर्शन उग्र बन्दा धनुषाको जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९क० अनुसार जारी आदेशअनुसार कर्फ्यु क्षेत्र मधेस भवनको उत्तरतर्फ मुसहरी टोल चोक ९ वडा नं. १३० बाट दक्षिण, मुजेलिया हाईवे सडकस्थित बाबा पेट्रोलपम्प हुँदै लादोको दुधमती पुलसम्म रहनेछ। त्यस्तै, पूर्वतर्फ घाँसे मैदान चरण क्षेत्रको पश्चिम, कदमचोकको पूर्वतर्फ पर्ने जालाद पुलदेखि पश्चिम, दक्षिणतर्फ हनुमाननगरको सिक्स लाइन चोकदेखि उत्तर, र पश्चिमतर्फ ढल्केवर–भिठ्ठामोड हाईवेसम्म कफ्र्यु लागू हुनेछ।

कर्फ्यु अवधिभर जनकपुरधाम उपमहानगरपालिका भित्रको चार किल्ला क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ वा कुनै पनि प्रकारको भीडभाड पूर्णतया निषेध गरिएको छ।

मंगलबारको प्रदर्शनका क्रममा आन्दोलित युवाले नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठ र सांसद जुली महतोको घरमा आगजनी गरेका थिए। साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलका जिल्ला र प्रदेश कार्यालयमा पनि आगजनी गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *