Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३० गते ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका मन्त्रीहरुले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने र त्यसका लागी राष्ट्रपति कार्यालय शितल निवास परिसरमा टेन्ट लगाउने काम भइरहेको छ ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् ।
अन्तरिम सरकारको अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोत बताउँछ ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
यता मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले आइतबार राती प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *