Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, भदौ २७ गते ।

धरानस्थित भाटभटेनी सुपरमार्केटको शाखामा जेन–जेड आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगोमा चारजनाको शव फेला परेको छ।

मंगलबार सुरु भएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।

उनका अनुसार, जलेको अवस्थामा भेटिएका शवको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार मृतकहरू आगलागीको क्रममा लुटपाट गर्न भित्र पसेकाहरु हुन सक्ने आशंका गरिएको छ।

शव पूर्णरूपमा जलेका कारण लिंग समेत छुट्टाउन सकिएको छैन। मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको भन्ने हल्ला चलेको थियो।

प्रहरी मृतकको पहिचान गर्न प्रयासरत रहेको जबेगुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *