Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २९ गते ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने जनाएको छ। विभागले आइतबार जारी गरेको सूचनामा सूचना प्रविधिसम्बन्धी सबै प्रणालीहरू पनि हाललाई बन्द गरिएको उल्लेख गरिएको छ।

विभागका अनुसार, हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरीरलुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा गम्भीर क्षति पुगेको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र र विद्युतीय सवारी साधन दर्ता (ख्ऋत्क्) सेवा समेत पूर्ण रूपमा अवरुद्ध भएको हो।

‘विषम परिस्थितिका कारण सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अर्को सूचना नभएसम्म बन्द रहनेछ,’ सूचनामा भनिएको छ।

विभागले आम नागरिक तथा सेवाग्राहीहरूलाई यस असहज परिस्थितिको जानकारी गराउँदै सहयोग र धैर्यताको लागि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *