समाजिक फीड-
जनकपुरधाम, भदौ २७ गते ।
जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो। तीमध्ये ३ जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना सर्वसाधारण, र ९ जना कैदीबन्दी रहेका छन्।
घाइतेहरूको संख्या ४ सयभन्दा बढी रहेको प्रहरीको भनाइ छ।
डिआइजी घिमिरेका अनुसार भौतिक संरचनाको क्षतिको विवरण शुक्रबारदेखि सार्वजनिक गरिनेछ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।