समाजिक फीड-
जनकपुरधाम, भदौ २७ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। उनका अनुसार राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने अनिश्चितकालका लागि बन्द रहनेछ।
गत मंगलबार जेन–जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय र नेताको घरमा आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय धनुषामा समेत तोडफोड र आगजनी भएको थियो।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।