समाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।
जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। सामुदायिक तथा निजी दुवै प्रकारका विद्यालयहरू खोलिएका छन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, ‘आज शिक्षक तथा कर्मचारीहरूले विद्यालय सरसफाइ गरेका छन्, भोलिदेखि नियमित पठनपाठन सुरु हुन्छ।’
काठमाडौं महानगरपालिकाले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भने भोलिदेखि सुरु गर्ने निर्णय गरेको छ।
निजी विद्यालय सञ्चालकहरूले पनि आफ्ना विद्यालयहरू खोलिएको जानकारी दिएका छन्।
प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार, आजदेखि विद्यालय क्रमशः सञ्चालनमा ल्याउने निर्णय गरिएको हो। स्थानीय तहसँग समन्वय गरी सहज रहेका स्थानहरूमा आजैदेखि विद्यालय खोलिएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।