मधेश मुख्यमन्त्री नियुक्ति विवाद: रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो। आइतबार अन्तरिम आदेशसम्बन्धी छलफल केन्द्रित रहनेछ। हालैका दिनमा राजनीतिक रूपमा अस्थिर देखिएको मधेश सरकारले सबैभन्दा ठूलो दल नेकपा एमालेका […]
मधेशमा सातदलीय गठबन्धनका सांसदहरु आज पनि धर्नामा

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसद आज पनि धर्ना बसेका छन् । मधेश भवन अगाडि बाटो छेकेर नेपाली काँग्रेससहित सात दलका सांसदहरु धर्नामा बसेका हुन् ।शनिबार उनीहरु सभामुख रामन्चद्र मण्डलको कारबाहीको माग गर्दै प्रदेशसभाको चौरमा खुल्ला प्रदेशसभा बैठक बसेका थिए । गत कार्तिक २४ गते प्रदेश प्रमुख […]
सभामुखले पदमुक्त गरेका सांसदले मागे विगत एक वर्षका हाजिरीका नक्कल

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । मधेशमा सभामुखले पदमुक्त गरेका सांसदले संसदमा उपस्थित भएको हाजिरी लगायतको कागजातमाग गरेका छन् । जसपा नेपालका प्रदेश सांसद सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद उर्मिला सिंहले संसदमा हाजरी भएको विगत एक वर्ष यताको हाजिरीको नक्कलसहितको कागजात मागेका हुन् । प्रदेश सभा सचिवालयका सचिवलाई सम्बोधन गरेर मागिएको सूचनामा […]
राप्रपाद्वारा मन्त्री कञ्चन विच्छा साहलाई सांसदसहित पार्टीबाट हटाउने सिफारिस

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेश सरकारकी मन्त्री कञ्चन विच्छा साहलाई कड़ा कारबाही सिफारिस गरेको छ। समितिले उनलाई सांसद र पार्टीको साधारण सदस्यता दुवैबाट हटाउन पार्टी नेतृत्व समक्ष प्रस्ताव पेश गरेको हो। पार्टीलाई जानकारी नदिई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री बनेको र अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता […]
महोत्तरीमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । भारतको बिहारको जिल्ला वैशाली पतेपुर वडा नं.५ बस्ने २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टिकाराज बरालले बिहीबार […]
नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले गरे पदभार ग्रहण
सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्न पुगेका लाभलाई रातोकार्पेटमा स्वागत गरिएको छ । गत सोमबार प्रध्यापक डा। लाभलाई संघीय सकरारको सिफारिसमा राष्ट्रपति रामचन्द्र […]
धनुषामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार, मंसिरभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जेनजी आन्दोलनपछि प्रभावित भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गरेको छ । कार्यालयले मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने जनाएको हो । बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा […]
लागुऔषधसहित ४ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । सिराहा जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।सिराहा नगरपालिका-१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रोकी चेकजाँचका क्रममा, बाटो छेउमा रोकी राखिएको स ११ […]
निर्वाचन आयोगद्वारा दलहरूसँग आचारसंहिता र तयारीबारे छलफल सुरु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । निर्वाचन आयोगले आगामी निर्वाचन तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ। आयोगको केन्द्रीय कार्यालयमै आजदेखि सुरु भएको उक्त छलफल फागुन २१ गते हुने निर्वाचनका तयारीलाई केन्द्रित छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, तमलोपा लगायतका […]
राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई मतदाता दर्तामा पुनः बायोमेट्रिक दिनु नपर्ने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । अब राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीमा दर्ता हुन फेरि बायोमेट्रिक विवरण दिनु नपर्ने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएका बायोमेट्रिक तथ्यांक प्रयोग गरेर मतदाता सूची अद्यावधिक गर्ने तयारी गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थप नगर्ने निर्णय गरेपछि बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री […]