Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ३०गते ।

मेयरको रुपमा देशमै चर्चित रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई महोत्तरी बाटै लडन नेता तथा कार्यकर्ता तथा आफन्तले आग्रह गरेका छन् ।
महोत्तरीको एकडारामा पुर्ख्यौली घर रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रुपमा अगाडि सारेपछि उनलाई महोत्तरीबाट चुनाव लडन उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आग्रह गरेका छन्।

आफ्नै सचिवालयमा रहेका कुमार बेनको ज्वागलस्थित घरलाई छलफलको थलो बनाइरहेका बालेनलाई मंगलबार आफन्त एवम् पार्टीका नेता कार्यकर्ताले चुनाव लडन अन्य क्षेत्र नखोज्न आग्रह गरेको हो ।
बालेन साहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका रहेपनि त्यहाँ उनको परिवारका सदस्य बसोबास गर्दैनन्।
काठमाडौंको मेयरबाट आगामी माघ ४ गते राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्ने तयारी गरिरहेका बालेन झापा ५ बाट उठ्ने तयारी गरिरहेका छन्।

बालेनका एक सचिवालय सदस्यका अनुसार महोत्तरीबाट पुगेका आफन्तले महोत्तरी ३ बाट चुनाव लड्न आग्रह गरेका छन् । यसका लागी उनीहरुले जिल्लाको वस्तुस्थिति पनि बताएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ३ बाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उक्त क्षेत्र छोडेर राष्ट्रियसभा सदस्यका उम्मेदवार बनिसकेका छन् ।

मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेकाले यो प्रदेश सबै दलका लागि महत्त्वपूर्ण हुने गरेको छ ।
बालेन रास्वपामा प्रवेश गरेपछि दोस्रो वरीयताको वरिष्ठ नेता भए पनि अहिले पार्टी कार्यालय गएका छैनन्। उनी ज्वागलमै बसेर छलफल, भेटघाट र अन्तरक्रिया गरिरहेका छन्।
बालेन साह रास्वपामा प्रवेश गरेपछि पहिलो पटक जनकपुरधाम आउन लागेका हुन् । उनी माघ ५ गते रास्वपा पार्टीको ब्यानरमा आयोजना हुने कार्यक्रममा सरिक हुँदैछन्।
यहाँ बाटनै बालेन चुनावी कार्यक्रममा होमिने तयारी पनि भइरहेको रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *