कक्षा ११ को पठनपाठन असार १ गतेदेखि हुने, यस्तो छ छिटो गर्नुको कारण

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु गर्ने तयारी गरेको छ । मन्त्रालयले सोही मितिबाट कक्षा सञ्चालन गर्ने कार्ययोजना तयार पारेको जनाएको छ । यसवर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा छिट्टै सार्वजनिक भएकाले कक्षा ११ को भर्ना तथा अध्ययन पनि समयमै अघि बढाउन लागिएको हो । […]
सिरहाको लहान, गोलबजार र मिर्चैयामा ६ वर्षमा पनि सडक नबन्दा यात्रु हैरान, चौथो पटक म्याद थप्ने तयारी

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार र मिर्चैया क्षेत्रमा सडक विस्तारको काम छ वर्षदेखि अधुरै हुँदा यात्रु र स्थानीयले धुलो, हिलो र जामको सास्ती खेप्न बाध्य भएका छन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक आयोजना निर्धारित समयमै पूरा […]
वीरगन्ज महानगरको कडा निर्णय : सेवा बन्द गरेर मन्त्रालयलाई साँचो बुझाइने

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर चार महिनादेखि जारी विवाद झन् चर्किएको छ । संघ सरकारले विवाद समाधानका लागि कुनै पहल नगरेको भन्दै महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने र कार्यालयको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने महानगरले निर्णय गरेको छ । महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज […]
नयाँको नाममा सबै परम्परा भत्काउन खोजेपछि आफ्नै सरकारप्रति अमरेश सिंहको आपत्ति

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए। संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री […]
मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु
सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]
सिरहामा डोजर लगाएर दलित बस्ती भत्काइँँदा ५० परिवार बिचल्लीमा

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो । घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, […]
जनकपुर उच्च अदालतले धमाधम मुद्दा फर्छ्यौट गर्दै, वैशाख महिनासम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट

सामाजिक फीड–जनकपुरधाम, जेठ ४ गते । जनकपुर उच्च अदालतलेले न्याय सम्पादनमा तिब्रता दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गर्दै थप मुद्दामा समेत तिब्रता देखाएको हो । अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार पुरानो […]
मधेस प्रदेशमा सबैभन्दा धेरै एचआइभी एड्सका संक्रमित, दिनदिनै किन बढ्दै छ संख्या ?

सामाजिक फीड–जनकपुरधाम, जेठ ४ गते । देशभरको अनुपातमा मधेस प्रदेशमा सबैभन्दा धेरै एचाआइभी संक्रमित रहेको पाइएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०।६ देखिएको हो। जबकि यसको राष्ट्रिय दर ०.५ प्रतिशत छ। प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार एचआईभी संक्रमण दर देशभरको […]
सर्लाहीमा पुर्वाधार कार्यालयबाट बिचौलियाले लगे ७५ लाखको योजनाका चिठ्ठी, दबाब परेपछि फिर्ता लिइयो

सामाजिक फीड–जनकपुरधाम, जेठ १ गते । चौतर्फी दबाब परेपछि सर्लाहीको पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई दिएको योजना संचालनको चिठी फिर्ता लिएको छ । कमिसन लिएर कर्मचारीले विचौलियालाई चिठी बेचेको समाचारहरु आएपछि कार्यालयले विचौलियालाई दिएको चिठी फिर्ता लिएर वडा कार्यालयलाई दिएको हो । सडक निर्माणका लागि आएको ७५ लाख रुपियाँको योजनाको चिठी वडा कार्यालयमा आएर उपभोक्ता समिती […]
भारतले चिनी निर्यात रोक्दा नेपालमा मूल्यवृद्धिको चिन्ता

सामाजिक फीड–जनकपुरधाम, जेठ १ गते । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएपछि यसको असर नेपाली बजारमा पनि देखिन थालेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले आगामी सेप्टेम्बर ३० सम्मका लागि कच्चा, सेतो तथा प्रशोधित चिनी निर्यात रोक्ने निर्णय गरेको हो। देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रण गर्न यस्तो कदम […]