Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ६ गते ।

शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु गर्ने तयारी गरेको छ । मन्त्रालयले सोही मितिबाट कक्षा सञ्चालन गर्ने कार्ययोजना तयार पारेको जनाएको छ ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा छिट्टै सार्वजनिक भएकाले कक्षा ११ को भर्ना तथा अध्ययन पनि समयमै अघि बढाउन लागिएको हो । शिक्षा मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारीका अनुसार १ असारदेखि कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार भइसकेको छ र केही दिनमै औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ ।

एसईईको नतिजा यसपटक परीक्षा सम्पन्न भएको २९ दिनमै प्रकाशित गरिएको थियो । २८ वैशाखमा नतिजा आएपछि विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रिया तीव्र बनाएका छन् ।

शैक्षिक सत्र ढिलो भए पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले सरकारले हिउँदे तथा वर्षे बिदा घटाउने र शुक्रबार पनि पूरा समय कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । सामुदायिक तथा निजी विद्यालयहरूले समेत १ असारदेखि नियमित कक्षा सञ्चालनको तयारी थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *