सिरहामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । सिरहामा बस र मोटरसाइकल एकआपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । यस्तै, उक्त दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका छन् । सिरहाको गोलबजार नगरापलिका ३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका ८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको […]
मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावपछि खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । मध्यपूर्वी क्षेत्रमा उत्पन्न भएको तनावपछि नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्धका कारण सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको श्रम, […]
चुनावका कारण जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा स्थगित गर्ने जनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार २१ फागुनमा हुने निर्वाचनका अवसरमा शान्ति-सुरक्षा सुनिश्चित गर्न १९ फागुनदेखि २१ फागुन (बिहीबार)सम्म भंगाहा-जनकपुर–जयनगर रेल सेवा बन्द रहनेछ। […]
मध्यपूर्वी क्षेत्रमा भएको तनावका कारण शनिबार नेपालका १८ वटा फ्लाइट रद्द, आजपनि रद्द हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । मध्यपूर्वी क्षेत्रमा उत्पन्न भएको तनावका कारण नेपालका १८ वटा फ्लाइट रद्द भएका छन्।अमेरिका(इसराइल र इरानबीच भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित हुँदा नेपालमा समेत त्यसको प्रभाव परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भहुँदा करिब ३ […]
डोनाल्ड ट्रम्प को चेतावनी: इरानमाथि अहिलेसम्मकै शक्तिशाली’ प्रहार गर्ने धम्की

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै थप शक्तिशाली प्रहार गर्ने चेतावनी दिएका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। ट्रम्पले लेखेका छन्, “इरानले अहिलेसम्मकै कडा आक्रमण गर्ने चेतावनी दिएको छ। उनीहरूले त्यसो नगरून्। यदि त्यसो गरे भने हामी उनीहरूलाई कहिल्यै नदेखिएको शक्तिले जवाफ […]
भ्रष्टाचार मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चार जना दोषी ठहर

सामाजिक फीड-जनकपुरधाम, फागुन १५ गते । भ्रष्टाचार मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा करिब नौ महिनाअघि दायर अभियोगमा बिहीबार विशेष अदालतले आंशिक कसूर कायम हुने निर्णय सुनाएको हो। फैसलाअनुसार तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव, […]
गगन र अमरेश उम्मेदवार रहेको सर्लाही ४ को सबै मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को सबै मतदानस्थल अतिसंवेदशील रहेको छ । जिल्लाको सुरक्षा समितिले जिल्लाका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलमा वर्गिकरण गरेको छ । प्रधानमन्त्रीका भावी उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापा, […]
धनुषामा गोली दागेर हत्या भएको युवतीको अझै खुलेन पहिचान

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । धनुषामा गोली हानी हत्या गरिएकी अन्दाजी २५ वर्षीया युवतीको तीन सातासम्म पनि पहिचान खुल्न सकेको छैन । गत माघ २३ गते बिहान औरही गाउँपालिका-१ पौडेसर स्थित सडक छेउमा उनको शव फेला परेको थियो । धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुवरका अनुसार युवतीको बायाँ कानमाथि गोली प्रहार गरी हत्या गरिएको […]
आजदेखी मदिरा बिक्री-वितरण तथा सेवन गर्न नपाउने

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । आजदेखी चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्न नपाउने भएका छन् । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय अनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो । फागुन २१ मा बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । […]
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नं। १ अन्तर्गत जिल्ला अदालत गौर परिसर र गौर कारागार परिसर तथा क्षेत्र नं। ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र […]