प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा राकेश साह पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३० गते । मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एकजनालाई पक्राउ गरेको छ । प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको घटनामा जिल्लाको गोलबजारका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजारका राकेश साह रहेका छन् । उनलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरेको […]
मधेस सहित देशभर जंगली जनावर र मानिसबीच द्वन्द बढ्दै, मधेसमा १० महिनामै जनावरको आक्रमणबाट ७ जनाको मृत्यु, १३१ घाइते

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३० गते । मधेश प्रदेशसहित देशभर पछिल्ला वर्षहरूमा जंगली जनावर र मानवबीचको द्वन्द्व तीव्र बन्दै गएको छ । वन क्षेत्र मासिँदै जानु, चुरे तथा जंगल आसपास मानव बस्ती विस्तार हुनु र वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै जाँदा जंगली जनावर गाउँ पस्ने तथा मानिसमाथि आक्रमण गर्ने घटना बढिरहेको पाइएको हो ।धनुषाको मिथिला नगरपालिका क्षेत्रमा करिब तीन […]
असार १ देखि एसईईको ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने, नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले यसरी पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने

सामाजिक फीड–जनकपुरधाम, वैशाख २९ गते । एसईईका नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको नतिजा ननग्रेड आएको छ। बोर्डका अनुसार […]
सिरहामा भारतीय सुटर प्रयोग गरी एकजनाको हत्या अर्कामाथि पनि गोली प्रहार, तीन महिनाको अनुसन्धानपछि खुल्यो अपराधको पर्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २९ गते । सिरहामा एउटै भारतीय सुटरको प्रयोग गरि एकजनाको हत्या र अर्का एकजनाको हत्याको प्रयास भएको खुलेको छ । सिरहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी योजनाबद्ध रूपमा गराइएको प्रहरीले खुलासा गरेको हो । तीन महिनासम्मको अनुसन्धानपछि प्रहरीले उनको हत्या पारिवारिक रिसइबीका कारण ‘सुपारी’ दिएर गराइएको निष्कर्षमा पुगेको […]
पर्सामा दुई दिनमै आठ लागुऔषध प्रयोगकर्ता पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार र शनिबार सञ्चालन गरेको अभियानका क्रममा वीरगञ्ज महानगरपालिका-१६ स्थित शङ्कराचार्य गेट चेकपोइन्टबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार भारतको रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेका पैदलयात्री तथा सवारीसाधनमा […]
सर्लाहीमा सडेगलेको अवस्थामा बेवारिसे पुरुषको शव फेला

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको हो । स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी […]
आजदेखि मधेश सहित देशभर सरसफाइ सप्ताह सुरु, सबै कार्यालयले यी कामहरु गनुपर्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु भएको छ । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी […]
डोजर लगाएर घरबार भत्काउन लागिएको भन्दै महेन्द्रनगरमा चक्काजाम गरेर स्थानीयले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । डोजर लगाएर घरबार भत्काउन लागेको भन्दै धनुषाको महेन्द्रनगरमा प्रभावित स्थानीयले चक्काजाम गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म टायर बालेर जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै सरकार […]
प्रधानन्यायाधीश नियुक्तिमा हर्कराज राईको आपत्ति,उपसभामुखप्रति पनि असन्तुष्ट

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्। राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई […]
जनकपुरको राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त आह्वान, क-कसले आवेदन दिन मिल्छ ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । जनकपुरको राजर्षि जनक सहित ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ। उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो। रिक्त भएका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिका लागि […]