जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख अहिराजले दिएको निवेदनमाथि सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजले दायर गरेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अहिराजले जिल्लाको थुनामा पठाउने आदेशलाई सदर गर्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका […]
सिमराको तनाव बीच प्रदर्शनकारीसँग वार्ता नगर्ने प्रशासनको निर्णय

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । बाराको सिमरामा तीन दिनदेखि जारी जेनजी युवाको प्रदर्शनका बीच स्थानीय प्रशासनले शुक्रबार वार्ताबाट पछि हटेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरे पनि शुक्रबार प्रशासनले वार्ताको आवश्यकता नभएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेकाले औपचारिक वार्ताको आवश्यकता […]
एमाले अध्यक्ष ओलीद्वारा दुर्गा प्रसाईं पक्राउको विरोध, तत्काल रिहाइको माग

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गरेको पक्राउको कडा आलोचना गर्दै उनको तत्काल रिहाइको माग गरेका छन्। बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै ओलीले प्रसाईंलाई केवल अभिव्यक्ति दिएका कारण पक्राउ गरिएको दाबी गरे। मानव अधिकार आयोगले समेत अभिव्यक्तिको आधारमा कसैलाई […]
बारामा जेनजी युवा र एमालेका कार्यकर्ताबीच झडप हुँदा कफ्र्यू आदेश जारी

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । बारामा नेकपा एमालेसम्बद्ध युवा संगठनले आयोजना गर्न लागेको कार्यक्रममा महासचिव शंकर पोखरेल र महेश बस्नेत सहभागी हुने जानकारी सार्वजनिक भएपछि सिमरामा प्रदर्शन चर्किँदा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ। राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीले बाराको परवानीपुर गाउँपालिका-४, चैनपुरमा आयोजना गरेको ‘युवा जागरण अभियान’मा प्रमुख अतिथिका रूपमा पोखरेल […]
सिमरा विमानस्थलमा जेनजी र प्रहरीबीच झडप, महेश बस्नेत विरुद्ध विरोध

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवाहरू र प्रहरीबीच झडप भएको छ। बस्नेत आज बारामा हुने मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेपछि युवाहरूले विरोध गरेका थिए। सिमरा विमानस्थल घेराबन्दी गर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको र त्यही क्रममा दुबै […]
सभामुख रामचन्द्र मण्डलमाथिको प्रस्ताव आज १ बजे प्रदेशसभा बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको प्रस्तावमाथी छलफलका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ । पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत […]
डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । सिरहामा गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका […]
मधेस प्रदेशसभाको बैठक आह्वान गर्न ७ दलको माग

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । मधेस प्रदेशसभा बैठक आह्वान गर्न सात दलले माग गर्दै उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समय ७ दलका प्रदेशसभा सदस्यहरू उपसभामुखलाई भेटेर बैठक आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता […]
दुर्गा प्रसाईं पक्राउ, काठमाडौंमा सुरक्षा बल सतर्क

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ। प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सूचना पाएपछि राति नै मातहतका सबै युनिटलाई सतर्क रहन निर्देशन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए। […]
देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिए

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति साढे ९ बजेसम्मको तथ्यांकअनुसार आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका छन् । आयोगले […]