Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, फागुन ९ गते ।

नेपाली कांग्रेस आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गर्न लागेको छ ।

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।
केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाइएको छ।

गत पुस ३० गते विशेष महाधिवेशनबाट थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएकोमा थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।

कांग्रेसको विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति थापालाई घोषणा जाने निर्णय गर्नेछ। सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *