सामाजिक फीड-
जनकपुरधाम,माघ ६ गते ।
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।
कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए ।
थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय निर्धारण गरिएको छ ।