Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ ११
गते ।

नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेशको चुनावी सभा स्थगित गरेको छ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

उनले परिस्थितिअनुसार आगामी मिति र कार्यक्रम तालिका पछि सार्वजनिक गरिने जानकारी दिए। साथै, नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयलाई सम्मान गरेकोसमेत गुप्ताले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *