Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,माघ ८ गते ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली आज प्रकाशन गर्दैछ । आयोगले पूर्व निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।
मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो ।

बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यस्तै, शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाइएको छ ।
आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।

यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *