Samajik Feed – News Portal from Nepal

सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ, चाँदी पनि महँगियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । शुक्रबार सुनको मूल्यले नयाँ रेकोर्ड कायम गरेको छ। यसअघि साउन २३ गते कायम भएको रेकर्डलाई तीन सातामै तोड्दै, आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ। साउन २३ गते सुनको […]

भ्रष्टाचारको आरोपमा पक्राउ परेका मधेशका सांसद कुशवाहाको निलम्बन फुकुवा

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहाको निलम्बन फुकुवा भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य कुशवाहाको निलम्बन फुकुवा भएको मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई […]

२७ किलो गाँजासहित मोटरसाइकल यात्री पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो। बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये ब्लोनलाई प्रहरीले चेकजाँचका क्रममा गाँजासहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक बिरेन्द्र जोहारीका अनुसार, ब्लोनले बोकेको […]

बारामा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । सशस्त्र प्रहरी बल, बाराले भारतबाट तस्करी गरी ल्याइँदै गरेका करिब १० लाख ३२ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्रहरीले भदौ १३ गते विभिन्न स्थानमा खटिएको टोलीमार्फत सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो। कलैया उपमहानगरपालिका–६, बरेवामा सशस्त्र प्रहरी सहायक निरीक्षक परमानन्द […]

अब १८ देखि ३५ वर्ष सम्म उमेर भएका लाई युवा मानिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । नेपाल सरकारले युवाको उमेर सीमा संशोधन गर्दै अब १८ वर्षदेखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ। हालै स्वीकृत गरिएको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ उमेर सीमा लागू हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर सीमा १६ वर्षदेखि […]

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालयका सञ्चालकहरुको घोषणा

जनकपुरधाम, भदौ १२ गते । निजी विद्यालयहरुको छाता संगठनहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । उनीहरुको आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण […]

नेपालहुँदै भारतमा आतंकवादी घुसेको भन्दै बिहारमा हाइअलर्ट

जनकपुरधाम, भदौ १२ गते । नेपाल भएर जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय मिडियाका अनुसार आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर निकायलाई समेत परिचालन गरेको हो । इन्डिया टुडेका अनुसार जैश ए मोहम्मदका हसनैन अली, […]

जनकपुरमा ई–रिक्साको व्यापक लापरबाही, दुर्घटना र जाम बढ्यो

जनकपुरधाम, भदौ १२ गते । जनकपुरधामका सडकहरूमा अनियन्त्रित रूपमा बढ्दै गएका ई–रिक्साले ट्राफिक जाम मात्र होइन, दुर्घटनाको खतरा पनि दिनानुदिन बढाइरहेको छ। बिना दर्ता, बिना लाइसेन्स र चालकको मनपरी कारण सहर अस्तव्यस्त हुँदै गएको स्थानीयवासीको गुनासो छ। विशेषगरी जानकी चोक, जनक चोक, शिव चोक, विश्वकर्मा चोक, सीता चोक, मुरली चोक, पिडारी चोक र बसपार्क क्षेत्रमा […]

मधेस प्रदेशसभाको छैटौँ अधिवेशन भोलिदेखि सुरु हुँदै

जनकपुरधाम भदौ ११ गते । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन बिहीबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ। मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गतेका लागि बैठक आह्वान गरेकी हुन्। प्रदेशसभा सचिवालयले अधिवेशन सुरु गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सांसदहरुलाई जानकारी गराइसकिएको जनाएको छ। तर, नयाँ अधिवेशन सुरु भए पनि […]